News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भूपू आर्मीसँग बिहे गराइदिने प्रलोभनमा पारी महिलाको हत्या गर्ने दुई जना ६ वर्षपछि पक्राउ

काठमाडौं— लुटपाटपछि हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची ३७ वर्षे जगत विश्वकर्मा र धादिङका ४६ वर्षे शिवराम अधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अधिकारीलाई विमानस्थलबाट हिजो पक्राउ गरिएको हो भने हत्यामा संलग्न भनिएका विश्वकर्मा भने चोरी अभियोगमा जेल मै रहेको पाइएको प्रहरीले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले ६ वर्ष अघि भएको लुटपाट र हत्या प्रकरणमा संलग्न रहेका उनीहरु लाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

Prabhu Bank

‘२०७४ पुष ३० गते अन्दाजी ४ः ३० को समयमा काजी कामनपा बल्खु भूमेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकी एक महिलालाई टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारिएको थियो. ’ उनले भने, ‘घटनाको मुख्य योजनाकार वर्ष ४६ का शिवराम अधिकारी, यो घटनाको उद्देश्य लुटपाट पश्चात हत्या भएको देखिन्छ ।’ 

घटनाका मुख्य योजनाकार अधिकारी भने गत साउनदेखि नकाव चोरी मुद्दामा तीन वर्षको कैद भुक्तान गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृत सुरक्षा केसीले शिवराम अधिकारी नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको जानकारी दिइन् ।

अनुसन्धानको क्रममा शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिने प्रलोभनमा पारी लुटपाटपछि हत्या गरेको खुल्न आएको केसीले जानकारी दिइन् ।

उनले भनिन्, ‘शिवरामले मृत्यु भएको महिला नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग बिहे गराई दिन्छु भनी १५/२० हजार पैसा र गरगहना लगाई आउ भनेर फोन गरेर बोलाएको खुल्न आएको छ । शिवरामसहित जगतको संलग्नता पनि खुलेको छ । ढुङ्गाले प्रहार गरेर उनीहरुले मृतकले लगाएको गहना मुन्द्री र नगद लिएर फरार रहेका थिए ।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:०३
Weather Update