
काठमाडौं— एपीएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटीस्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले एपीएफपमाथि सोझो सेटमा जित निकालेको हो ।
विभागीय डर्बी भिडन्तमा पुलिसले पहिलो सेटमा २५–२१ को सेटमा जित निकालेको थियो । पहिलो सेटको जितपछि उच्च मनोबलका साथ खेलेको पुलिसले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २६–२४ को रोमाञ्चक निकाल्न सफल भयो ।
यस जितसँगै समूह बी को पुलिसले अंक तालिकामा ३ जोडेको छ । यससँगै पुलिसको सेमिफाइनल प्रवेश सम्भावना बलियो पनि भएको छ ।
प्रतियोगितामा बुधबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा दोस्रो खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।