
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन सम्पन्न भएको छ । यसपटक अक्सन भारतभन्दा बाहिर दुबईमा आयोजना गरिएको थियो ।
अक्सनमा ७२ जना खेलाडीमाथि बोली लागेको छ । १० वटा फ्रेन्चाइज क्लबले अक्सनमा २३० करोड ४५ लाख भारु खर्च गरेर टीम निर्माण गरेका हुन् ।
अस्ट्रेलियाका दुई स्टार बलर आईपीएलको लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाखमा र सनराइजर्स हैदरावादले प्याट कमिन्सलाई २० करोड ५० लाखमा टीममा समावेश गरेको छ ।
स्टार्क लामो समयपछि आईपीएलमा फर्किएका छन्, जबकि कमिन्स पछिल्लो सिजन खेलेकै थिएनन् । हालै भारतमा सम्पन्न एक दिवसीय विश्वकप जितेको अस्ट्रेलियन टोलीका सदस्यमाथि फ्रेन्चाइजीहरुले ठूलै विश्वास गरेर मोटो रकम खर्च गरेका हुन् ।
भारतका हर्षल पटेल घरेलु खेलाडीमा सबैभन्दा महँगा भएका छन् । हर्षललाई पञ्जाब किंग्सले ११ करोड ७५ लाख भारुमा लिएको छ । यस बाहेक समीर रिजवी अनक्याप्ड खेलाडीहरूमध्ये सबैभन्दा खेलाडी भए । उनी ८ करोड ४० लाखमा चेन्नई सुपर किंग्समा समावेश भएका छन् ।
अक्सनबाट टीममा छनोट भएका भारतीय खेलाडी
- शार्दुल ठाकुर,
- हर्षल पटेल,
- केएस भरत,
- चेतन साकरिया,
- उमेश यादव,
- शिवम मावी,
- जयदेव उनाडकट,
- शुभम दुबे,
- समीर रिजवी,
- अङ्क्रिश रघुवंशी,
- अर्शिन कुलकर्णी,
- शाहरुख खान,
- रमनदीप सिंह,
- रिक्की भुई,
- कुमार कुशाग्रा,
- यश मिशाल,
- सुहरा दिन,
- आकाश सिंह,
- कार्तिक त्यागी,
- रसिक डार,
- मानव सुथार,
- एम. सिद्धार्थ,
- श्रेयस गोपाल,
- नमन धीर,
- अंशुल कम्बोज,
- सुमित कुमार,
- आशुतोष शर्मा,
- विश्वनाथ प्रताप सिंह,
- शशांक सिंह,
- तनय थियागराजन,
- रोबिन मिन्ज,
- प्रिन्स चौधरी,
- जहाभट सुब्रमण्यम,
- मनिष पाण्डे,
- मोहम्मद अरशद खान,
- स्वस्तिक चिकारा,
- आबिद मुश्ताक,
- शिवालिक शर्मा,
- स्वप्निल सिंह,
- अवनीश राव अरावली,
- साकिब हुसेन,
- सौरभ चौहान ।
विदेशी खेलाडी
- रोभम्यान पावेल,
- ह्यारी ब्रुक,
- ट्राभिस हेड,
- वानिन्दु हसरंगा,
- रचिन रविन्द्र,
- अजमातुल्लाह ओमरजाई,
- प्याट कमिन्स,
- गेराल्ड कोएत्जी,
- डेरिल मिचेल,
- क्रिस वोक्स,
- ट्रिस्टन स्टब्स,
- अल्जारी जोसेफ,
- मिचेल स्टार्क,
- दिलशान मधुशंका,
- टम रुथरफोर्ड,
- टम रुथरफोर्ड,
- शेरफर्ड एस्टन टर्नर,
- टम कुरान,
- डेभिड विली,
- स्पेन्सर जोन्सन,
- मुस्ताफिजुर रहमान,
- झ्या रिचर्डसन,
- नुवान थुसारा,
- रिले रुसो,
- लोकी फर्ग्युसन,
- मुजीब उर रहमान,
- मोहम्मद नाबी,
- शाई होप,
- गुस एटकिन्सन,
- नान्द्रे बर्गर ।