News Griha :: न्यूजगृह
डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा

काठमाडौं— शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ डिसेम्बर २१ तारिखमा हलमा रिलिजको हुँदै छ । उक्त फिल्मको प्रचारप्रसारमा कुनै कसर बाँकी राखिएको छैन ।

‘डंकी’ को एडभान्स बुकिङ पनि रिलिज हुनु एक साताअघि नै सुरु भएको थियो । जसमा शाहरुख खानको फिल्मले राम्रो कमाई गरिरहेको छ ।

राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘डंकी’ ले एडभान्स बुकिङबाट अहिलेसम्म आठ करोडभन्दा बढी कमाइ गरिसकेको भारतीय मिडियाहरूले जनाएका छन् । भारतमा बक्स अफिसको कलेक्सन बारे रिपोर्ट प्रकाशित गर्ने स्केनलिकका अनुसार अहिलेसम्म डंकीको अग्रिम बुकिङबाट ८ करोड ६० लाख बढी छ ।

जसमा अहिलेसम्म २ लाख ९६ हजार बढी टिकट बिक्री भइसकेको छ ।

हेर्नुहोस् डंकीको ट्रेलर 

‘डंकी’सँगै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सलार’ को अग्रिम बुकिङ पनि भइरहेको छ । ‘डकी’ डिसेम्बर २१ मा हलमा रिलिज हुँदैछ भने ‘सलार’ २२ डिसेम्बरमा रिलिज हुँदैछ ।

यस्तो अवस्थामा दुवै चलचित्रले अग्रिम बुकिङमा एकअर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । ‘सलार’ले अहिलेसम्म अग्रिम बुकिङबाट झण्डै ७ करोड आम्दानी गरेको छ ।

‘डन्की’को फिल्म चोर माध्यमबाट विदेश जाने चारजनाको कथा हो । यो अवधिमा उनीहरूले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । फिल्ममा शाहरुख खानसँग तापसी पन्नुको केमेस्ट्री देखाइएको छ । यसका अलावा बिक्की कौशल र बोमन इरानी पनि फिल्ममा छन् । सलार भने एक्सन प्रधान फिल्म हो ।  

हेर्नुहोस् सलारको ट्रेलर 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:०४
Weather Update