News Griha :: न्यूजगृह
यू–१९ एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं— यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेलिरहेको छ ।

शुक्रबार यूएईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरमा १० रन जोडेको छ । 

प्रतियोगितामा नेपाल समूह 'ए'मा छ ।  पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने यूएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् । 

एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ ।  अहिले सहभागी टिममध्ये यूएई र जापान बाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् । 

विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् ।  नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:२६
Weather Update