घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं— घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहीत बराबरीमा रोकिएको हो ।
स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटकपटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन् । र, खेल गोलरहित बराबरीमा टुंगियो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ०८:१०