News Griha :: न्यूजगृह
बद्रीलाललाई शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि

मोरङ— शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले ३५ हजार रुपैयाँ र नेपालले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चौथो भएका पुकार राईले २० हजार रुपैयाँ र पाँचौँ हुने नवीन तुण्डकारले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०७:५९
Weather Update