शहीद स्मारक ए डिभिजन लिगमा पुलिसको पहिलो जित

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पुलिसले जारी लिगको आफ्नो सातौँ खेलमा पहिलो जित निकालेको हो ।
सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरको जित हासिल गरेको हो ।
पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेस त्वुमले एक गोल गरे । त्यस्तै फ्रेन्ड्सका टोरिक जेब्रिनले गोल गरे ।
लिगमा पहिलो जित निकालेको सात खेलबाट चार अंक जोडेको छ । जितका बाबजुद पुलिस अंक तालिकाको पुछारमै रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १९:१०