News Griha :: न्यूजगृह
सतिशलाई सम्झिनुको कारण
फाइल फोटो / सतिश कौशिक

काठमाडौं —  फागुन २५  गते  बलिउड कलाकार सतिश कौशिकको ६६ वर्षको उमेरमा ह्दयघातबाट निधन भयो । साजन चले ससुराल, बडे मियाँ छोटे मियाँ, दिवाना मस्तानालगायत सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका कौशिक हिन्दीभाषी दर्शकको लागि चर्चित अनुहार हो । उनको निधनले बलिउड मर्माहित छ ।

पप्पु पेजर, क्यालेण्डर जस्ता अनौठो नामका पात्रकोभूमिका निभाएका कौशिकले नयाँ दिल्लीको किरोरी मल कलेजमा पढे । त्यहाँ उनी नाटकको लागि प्रख्यात समूह द प्लेयर्ससँग जोडिए । उनको सपना कलाकार बन्नु थियो । त्यसैले अभिनय सिक्ननेशनल स्कूल अफ ड्रामा (एनएसडी), फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इण्डिया (एफटीआईआई)मा गएतर दिल्लीको करोल बागबाट मुम्बईको माया नगरीमा मात्र ८ सय रुपैयाँ पकेटमा बोकेर आएको त्यो केटो हाँस्य कलाकार मात्र बनेन ।

सम्वाद लेखक, निर्देशक, निर्माता र पूर्णं रुपमा मनोरञ्जनकर्तासमेत बन्यो । सन् १९८३ मा कुन्दन शाहद्धारा निर्देशित जाने भी दो यारोमा रञ्जित कपूर र सुधिर मिश्रासँग सहलेखन गरेका कौशिकले उक्त चलचित्रमा अभिनय समेत गरे । आज पनि बलिउडको अग्रणी चलचित्रको सन्दर्भमा सो सिनेमाको सधैँ जिकिर हुन्छ । व्यङ्ग्य र ब्ल्याक कमेडी जनरामा बनेको जाने भी दो यारोमा फोटो स्टुडियो खोल्न सिस्टमसँग कसरत गर्नुपरेको दुई साथीको कहानी देखाइएको छ ।

Prabhu Bank

यस्तै, सन् १९८३ मा प्रख्यात निर्देशक शेखर कपुरलाई मासुमचलचित्रको लागि सहायक निर्देशकको रुपमा सघाएका कौशिकलेसेटमा चलचित्र निर्माणबारे महत्वपूर्ण जानकारी हासिल गरेका थिए । त्यसपछि कपूरसँग उनले अनिल कपूर–श्रीदेवी अभिनित मिस्टर इण्डिया (१९८७) मा सहकार्य गरे । उक्त सिनेमामा क्यालेण्डर पात्र उनले आफैले लेखेका हुन् । सफा मन भएको ठट्यौली पात्रको रुपमा दर्शाइएको क्यालेण्ड उनको अभिनयको यात्रामा महत्वपूर्ण चर्चित पात्रहरुमध्ये एक बन्यो ।

अक्सर कलाकारहरु एउटा पात्रमा जर्बजस्त रुचाइएपछि त्यही पात्र परिवेशमा दोहोरिन्छन् ।कौशिक पनि अपवाद रहेनन् । तर उनी कमेडी जनराको त्यो थाकेको जोकर थिएनन्, बरु उनी त्यो पुस्ताका हाँस्यकलाकार थिए, जसले जुनसुकै दृश्यलाई पनि आफ्नो सहज अभिनयले रमाइलो र जिवन्त बनाइदिन सक्थे ।

हाँस्य विधा कौशिकको उत्कृष्ट औषधी भएपनि उनी कलाकारको रुपमा भर्साटायल हुन् भन्ने प्रमाण सन् २००७ मा सेरा गेभरोनद्धारा निर्देशित पश्चिमा चलचित्र ब्रिक लेनबाट भयो । सोही नामको उपन्यासमा आधारित उक्त सिनेमा बेलायती उपन्यासकार मोनिका अलिले लेखेकी थिइन् । उनले त्यसमा लण्डन बस्ने अधबैँसे पुरुष जसले बेखुशी रहेकी आफूभन्दा २० वर्ष सानो उमेरको केटीसँग विवाहबन्धनमा बाँधिएका थिए ।

त्यो जटिल भूमिकामा उनले ल्याएको पात्रको संवेदनशीलताले स्तब्ध बनाएको इण्डियन एक्स्प्रेसले लेखेको छ । हिन्दी चलचित्रमा उनले कहिले यस्ता वजनदार भूमिका पाउलान् भन्ने कुरीरहेका धेरै दर्शकको लागि अब त्यो अनन्त पर्खाइ मात्र रहने छ । कौशिक र उनले काम गरेका अन्य लोकप्रिय हाँस्य कलाकारहरू भन्दा उल्लेखनीय रूपमा के फरक थियो भने उनले आफ्नो परिधिलाई निकै कम उमेरमा नै फराकिलो बनाउन सफल भए ।

सहायक–निर्देशकबाट उनी निर्देशनमा फड्को मारे । बलिउडको सबैभन्दा महँगो फिल्मरूप की रानी चोरों का राजा(१९९३), अनिल–श्रीदेवी अभिनित र बोनी कपूरद्वारा निर्मित सो चलचित्र बलिउड इतिहासकै सबैभन्दा महँगो थियो । तर उक्त चलचित्र बक्सअफिसमा नराम्ररी फ्ल्प भएको थियो ।त्यसको क्षतिपूर्ति एक दशकपछि मात्रै भयो, जब उनले सलमान खानको तेरे नाम (२००३) निर्देशन गरे, जसले उनलाई बलिउडमा नयाँ जीवन दियो ।

पछिल्ला केही वर्षहरूमा वेब–श्रृंखलाको विस्तारको साथ, कौशिकले अन्ततः वजनदार भूमिकाहरू पाइरहेका थिए । जसमा हंसल मेहताको स्क्याम ९२ मा अपशब्द बोल्नेमनु मुन्द्राको भूमिका निभाएका थिए । उक्त सिरिजमा उनको ठूलो भूमिका त थिएन, तर उनले आफ्नो चरित्रमा ल्याएको द्वेष र लोभले त्यसलार्ई अविस्मरणीय पात्र बनाएको थियो ।
यस्ता धेरै भूमिकाहरू हुनसक्थे, जहाँ उनको भर्साटायल अवतार दर्शकले हेर्न पाउँथे । अफसोच, यो प्रश्न सधैँ अनुत्तरित रहनेछ । तर, हामी सँधै मायालु, मनमोहक, चम्किलो आँखा भएका सतिश कौशिकलाई सम्झिरहनेछौं जसले हामीलाई वर्षौंसम्मपटकपटक चर्को स्वरमा हँसाए  ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:०९
Weather Update