News Griha :: न्यूजगृह
टोटनह्याम घरेलु मैदानमा पराजित, युनाइटेडको शानदार जित

काठमाडौं— अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनह्याम इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग २–१ ले पराजित भएको छ ।

जितसँगै १३ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको टोटनह्याम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ।​

टोटनह्याम रङ्गशालामा एस्टन भिल्लालाई जित दिलाउन पउ टोरेस र ओली वाट्किन्सले गोल गरे। टोटनहमका लागि जियोवानी लो सेल्सले गोल गरे।

खेलको ३२ औं मिनेटमा सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा टोरेसले एस्टन भिल्लालाई बराबरीमा ल्याए।

६१ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को पुनरागमन जित दिलाए ।

गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० को शानदार जति निकाल्यो। जितपछि २४ अंकसहित युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिँदा पराजित एभर्टन १३ खेलमा चार अंकसहित रेलिगेसनबाट जोगिन संघर्षरत छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०६:४५
Weather Update