News Griha :: न्यूजगृह
लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं— इंग्लिस प्रिमियर लिगमा शनिबार राति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पाहुना टोलीसँग एकएक गोलको बराबरी खेलेको हो ।

खेलको २७ औं मिनेटमा नै गोल गेर्दै अर्लिङ हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यससँगै पहिलो हाफमा लिभरपुल एक गोलले पछि परेको थियो ।

तर खेल सकिनुभन्दा १० मिनेटअघि मात्र लिभरपुलका लागि एलेक्जेन्डर अर्नोल्डले गोल फर्काएका थिए । गएराति नै भएको खेलमा आर्नलले बेनफोर्डलाई एक शुन्यले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । 

यो बराबरीसँगै सिटीले शीर्ष स्थान गुमाएको हो ।  लिभरपुल भने तेस्रो स्थानमा छ । यसअघि लिभरपुल दोस्रो स्थानमा थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:२५
Weather Update