
काठमाडौं— फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन -पीएसजी_ ले शीर्ष स्थानमा ४ अङ्कको अग्रता लिएको छ ।
शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले स्पष्ट ३ अङ्क लिएपछि शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको हो ।
पीएसजीको जीतमा गोनकालो रामोसले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मोनाकोका लागि टाकोमी मिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
३९ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफ २–१ मा सकिएको थियो । खेलको ७० औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराएका थिए ।
तर, ७५ औं मिनेटमा फोर्लिन वोलोगनले गोल गरेपछि मोनाकाले अन्तर ४–२ झारेको थियो । दोस्रो हाफको अतिरिक्त छैटौँ मिनेटमा रानडाल मुनाइले गोल गरेपछि पीएसजी अन्ततः ५–२ को फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।
जितपछि शीर्ष स्थानमा रहेको पीएसजीले १३ खेलबाट ३० अङ्क बनाएको छ भने दोस्रो स्थनमा रहेको नाइसले १२ खेलबाट २६ अङ्क बनाएको छ । पीएसजीसँग पराजित भएको मोनाको भने १३ खेलबाट २४ अङ्कका साथ तेस्रो स्थानमा छ ।