News Griha :: न्यूजगृह
ए डिभिजन लिगः आज तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछन् ।

दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफबीच प्रतिष्पर्धा हुनेछ ।

चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेण्ड्स क्लव र नेपाल पुलिस क्लव भिड्नेछन् । खेल दिउँसो २ बजे शुरु हुनेछ ।

दशरथ रंगशालामा नै हुने आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:२१
Weather Update