News Griha :: न्यूजगृह
चौतर्फी दबावपछि पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र

काठमाडौं— सरोकारवाला,सञ्चारमाध्यम,नेता,सांसदहरूलगायतको चौतर्फी दबावपछि पञ्जीकरण विभागले बच्चाको जन्मदर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।

आइतबार सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न सकिने बताएको हाे ।

‘विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिने,’ विभागले जारी गरेको परिपत्रमा भनिएको छ,‘यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिने । बच्चाको जन्म दर्ता भइसकेपछि पितृत्व र बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१) र (२) अनुसार भएको जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गरिदिने ।’

यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई परिपत्र गरेको थियो ।

panjekaran1681055878.jpg

panjekaran21681055904.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:४४
Weather Update