News Griha :: न्यूजगृह
त्रिभुवन आर्मी जीपी काेइराला स्मृति हक्की प्रतियोगिताको फाइनलमा

मोरङ— त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला (जीपी) स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरको शहिद रंगशालामा आइताबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित  गर्‍यो ।

त्रिभुवन क्लबका रोमन रानाले चार, काशिराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक/एक गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ क्लबका रञ्जित राउत भए । 

प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, नेपाल पुसिल, कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:१३
Weather Update