News Griha :: न्यूजगृह
ओडीआई वरीयतामा सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो

काठमाडौं—  आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा एक स्थान सुधार गर्दै नेपाली क्रिकेट टोली १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो ।

पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।

नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम श्रृंखलाको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स(१४औं) र ओमान (१५औं) स्थानमा छ ।

भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ११:०३
Weather Update