News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं— शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदै छन्  । 

दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । 

रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । 

यस्तै, एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:३७
Weather Update