News Griha :: न्यूजगृह
लयमा फर्किंदै मंगोलियन हार्ट

काठमाडौं— समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टमा गायक राजु लामा चर्चित छन् ।

सांगीतिक भाषामा ‘ब्याण्ड’ भनिने मंगोलियन हार्टले विदेशमासमेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएको गायक लामाले जानकारी दिए । भन्छन्, ‘हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ र उत्साहित पनि छौँ । केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौँ ।’

लोक, स्लोरक, पप मेलोडी संगीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

यही २७ चैत्रमा अष्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए । यो समूहको ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ जस्ता गीत लोकप्रिय छन् ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:०२
Weather Update