News Griha :: न्यूजगृह
राजनीतिको भन्दा साहित्यको फाँट विराट हुन्छ : विश्वप्रकाश शर्मा

झापा— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् ।

नेपाली लेखक संघ झापाले शनिबार अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले  साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका हुन् ।

महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । ‘सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ’,उनले भने, ‘राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।’

कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहेका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए । पार्टीले लेखक संघ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

‘लेखक संघलाई प्रभावकारी बनाउन मैले पहिला पनि काम गरेको थिएँ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनेछ’, उनले भने, ‘लेखकहरू समाज रुपान्तरण र परिवर्तनका सम्वाहक हुन् ।’

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०६:५९
Weather Update