News Griha :: न्यूजगृह
मेस्सीको गोलमा पीएसजीको अग्रता यथावत् 

काठमाडौं— फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान यथावत् राखेको हो ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको २६औं मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पीएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो ।

दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो ।

यस जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार  पीएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०६:४४
Weather Update