News Griha :: न्यूजगृह
दुर्घटनामा परेका मनाङ एअरका पाइलट सेढाईंको मृत्यु

काठमाडौं— गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा भारतमा मृत्यु भएको छ । उनले चलाएको हेलिकोप्टर असोज २७ गते बिहान सोलुखुम्बुमा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो

नेशनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार मृत्यु भएको मनाङ एअरले विज्ञप्तिमार्फत जनाएको छ।

दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एअरको हेलिकप्टर असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०८:५७
Weather Update