News Griha :: न्यूजगृह
च्याम्पियन्स लिगमा बायर्नको जित

काठमाडौं— बायर्न म्युनिखले गालातासारे माथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जित हासिल गरेको छ ।

गएराति भएको खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफको ७३ औँ मिनेटमा ह्यारी केनले सहज ट्याप–इन गर्दै टोलीलाई पुनः अग्रता दिलाए । छ मिनेटपछि उनले जमाल मुसियालीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जित सुनिश्चित गरे । प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जित हो । तीन खेलमा तेस्रो जित हासिल गर्दै टोली समूह 'ए'को शीर्ष स्थानमा रहेको छ । समूहमा गलातासारे दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो रहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०६:४४
Weather Update