
काठमाडौं— आईसीसी क्रिकेट विश्वकपअन्तर्गत बङ्गलादेशविरुद्ध भारतले सात विकेटको सहज जित निकालेको छ ।
गएराति भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले भारतसामु निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जबाफी ब्याटिङमा उत्रिएको भारतले ४१ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
भारतको जितका लागि विराट कोहलीले शतक प्रहार गरे । उनले अविजित १०३ रन जोडे। ९३ बल खेलका उनले चार छक्का र ६ चौका प्रहार गरेका थिए ।
ओपनर शुभमन गिलले अर्धशतक प्रहार गरे । ५५ बल खेलका उनले दुई छक्का र पाँच चौकाको सहयोगमा ५३ रन जोडे भने । त्यस्तै, कप्तान रोहित शर्माले ४८ रन जोडे ।
श्रेयस ऐयरले १९ र केएल राहुलले अविजित ३४ रन जोडे ।
बङ्गलादेशका लागि मेहिदे हसनले दुई र हसन महमुले एक विकेट लिए ।