
काठमाडौं— एसीसी यू–१९ प्रिमियर कपमा दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेकाे छ । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका देव खनाल र अर्जुन कुमालले ६८ रनको अर्धशतकीय साझेदारी गरे । देवले २७ बलमा ३२ रनमा अविजित रहे । अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे ।
बहराइनका लागि अनस ओबैड सैदले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिएका हुन् । बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको हो ।
बहराइनका लागि माहम्मद वसिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाउँदै दुर्गेश गुप्ताबाट बोलड आउट भए । उनले ७७ बलमा एक चौका र २ छक्का प्रहार गरेका हुन् ।
टपअडरका तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ ब्याटर शून्यमै आउट भए रिसब रमेश र मोहम्मद अलि समान ६ रनमा सीमित भए ।
दीपेश आजको खेलमा नेपालका लागि हिरो बने उनले ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिए । दुर्गेशले भने ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।
समूह ए मा रहेका नेपाल र साउदी दुवैले पहिलो खेलमा जित निकालेका छन् । पहिलो खेलमा फराकिलो जित निकालेको नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।