News Griha :: न्यूजगृह
तस्बिरमा नेवारी संस्कृति  

काठमाडौं— नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं र वरपरका जिल्लाका मुख्य बासिन्दा नेवार हुन् । बाग्मती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिमस्थल हुन् ।

नेवाः शब्दले भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाँदा काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र पनि होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रालगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ । नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकलालगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् ।

साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमुना र मानवीय सहिष्णुताको आधार पनि हो । नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक् जातका रूपमा रूपमा स्थापित गरेको छ ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छन् नेवारी समुदायले । समय परिवर्तनले नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।

हेराैं नेवारी संस्कृति तस्बिरमा

newaricul131680932260.jpg

newaricul101680932239.jpg

newaricul91680932213.jpg

newari141680932202.jpg

newari culture121680932189.jpg

newari culture71680932179.jpg

newari culture31680932162.jpg

newari culture 51680932151.jpg

newari cult41680932137.jpg

newari cul151680932125.jpg

newari cul81680932116.jpg

newari cul21680932104.jpg

newari cul1680932092.jpg

 

तस्बिरहरू : न्यूज एजेन्सी नेपाल

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:१३
Weather Update