'आँखाको नानी भित्र'मा विकास र पुनमको रोमान्स
काठमाडौं—गायक मेघ पौडेलको आँखाको नानी भित्र बोलको गीतको भिडिओ रिलिज गरिएको छ ।
सीडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडिओमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा देखाएका छन् । जसमा मोडल विकास चौहान र पुनम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ ११:०५