News Griha :: न्यूजगृह
इटालियन सिरी ए : चार खेलमा जित हासिल गरे नेपोलीले उपाधी जित्ने

काठमाडौं— नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ ।

शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औँ मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुवाती ५२औँ मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो । 

तर, बराबरीको अवस्था लामो समयसम्म भने रहन सकेन  । ६४औँ मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो ।

आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ भने नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेसे २७ अंक जोडेर १६औँ स्थानमा छ ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ ।  पछिल्लोपटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०९:३४
Weather Update