News Griha :: न्यूजगृह
बर्दियाको नवयुवा मैत्रीभाव क्लब गौरीगंगा गोल्डकपको सेमिफाइनलमा

कैलाली— बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो ।

बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । शुक्रबार भएको खेलमा निर्धारित समयभित्र दुवै टोलीले गोलरहीत बराबरी खेलेपछि टाइब्रेकरबाट नजिता निकालिएको हो ।

पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए । कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र गोल गर्न सफल भए ।

प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल प्रवेशका लागि कैलाली र आयोजक प्रतिस्पर्धा गर्नेछन् ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:०८
Weather Update