शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । अपरान्ह २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल र खुमलटार युथ क्लब प्रतिस्पर्धा गर्ने छन् ।
६ खेलबाट १३ अंक जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अंक जोडेर ११ औँ स्थानमा छ ।
यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा छ भने ५ खेलवाट ४ अंकका साथ फ्रेन्ड्स १२औँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ ०९:०७