
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछन् । एक खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट शुरु हुनेछन् ।
एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ । उसले हिमालयनविरुद्धको खेलमा हालै अनुबन्धित भएका भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले खेल्ने सम्भावना पनि छ ।
यस्तै, हिमालयन पनि दोस्रो जितको खोजीमा हुनेछ । ५ अंक जोडेको हिमालयन तालिकाको दशौँ स्थानमा छ । आर्मी आज तेस्रो जितको योजनामा हुनेछ । आर्मी ५ खेलमा ८ अंक जोडेर सातौँ स्थानमा रहेको छ । थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।