News Griha :: न्यूजगृह
युरोपियन च्याम्पियन्स लिग : आर्सनलको सानदार जित

काठमाडौं— युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा आर्सनलले पीएभी आइन्डहोभनमाथि सानदार जित निकालेको छ ।

समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्स मैदानमा बुधबार राति भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो । आर्सनलले पहिलो हाफमै तीन गोल गरेको थियो । 

बुकायो साकाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा लियोन्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे ।

गाब्रीएल जेससले ३८ औँ मिनेटमा गोल गर्दै आर्सनलको अग्रता ३-० बनाए । त्यसपछि कप्तान मार्टिन ओडेगार्डले ७० औँ मिनेटमा आर्सनलको लागि चौथो गोल गरे ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभिया र फ्रेन्च क्लब लेन्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसैगरी समूह डी को खेलमा अर्को स्पानिस क्लब रियल सोसिडाडले इटालियन क्लब इन्टर मिलानलाई १-१ को बराबरीमा रोकेको छ । यसै समूहको अर्को खेलमा एफसी साल्जवर्गले वेनफिकालाई २-० ले हरायो ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०६:२३
Weather Update