युरोपियन च्याम्पियन्स लिग
पीएसजीले डर्टमण्डलाई २-० ले हरायो

काठमाडौं— फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हरायो ।
पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले दोस्रो हाफमा गोल गरे । एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
अर्को गोल हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गरे । ग्रुप अफ डेथ मानिएको समूह एफ कै अर्को खेलमा इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
दुई दशकपछि च्याम्पियन्स लिगमा पुनरागमन गरेको न्युकासलले बराबरीबाट यात्रा सुरु गरेको हो ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० ०७:२५