अल हिलालमा नेयमारको सुखद् डेब्यु, अल रियादमाथि ६–१ को जित

काठमाडौं— ब्राजिलियन स्टार नेयमार आबद्ध साउदी प्रो लिगको अल हिलालले अल रियादमाथि ६—१ को जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा अल हिलालले जित निकालेको हो ।
बेन्चबाट दोस्रो हाफमा मैदान पस्दै नेयमारले डेब्यु गरेका थिए । नेयमारले खेलको ८७औं मिनेटमा गोलको खाता खोले ।
अल हिलालको जितमा दसारीले २ तथा एलेक्जेन्डर मित्रोभिच, यासेर अल शाहरानी, नासेर अल दसारी र माल्कमले १–१ गोल गरे ।
यस जितसँगै अल हिलाल ६ खेलमा १६ अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० १०:३७