म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं— म्यानमारविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाललाई घरेलु टोली म्यानमारले १-० गोलले पराजित गरेको हो । नेपालले खेल सकिन चार मिनेट बाँकी छँदा गोल खाएको थियो । म्यानमारका लागि विनतुनले ८६ मिनेटमा गोल गरेका थिए ।
यसअघि नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।
नेपालले विश्वकप २०२६ को छनोटको तयारीका लागि खेल खेलेको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १८:४०