ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै,यी क्लव मैदानमा

काठमाडौं— शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगीताअन्तर्गत मंगलबार तीन खेल हुँदैछन् ।
मंगलबार चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे खेल हुँदैछ ।
फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ ।
तेस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको प्रतिस्पर्धा साढे ५ बजे दशरथ रंगशालामा खेल हुनेछ ।
९ अंकसहित चर्च ब्वाइज तालिकाको शीर्ष स्थानमा छ । चार अंक मात्र जोड्न सकेको संकटा तालिकाको आठौं स्थानमा छ ।
फ्रेन्डस क्लब १२ औं स्थानमा छ भने सात अंक बनाएको जावलाखेल तालिकाको तेस्रो स्थानमा छ । मछिन्द्रले भने एक अंक मात्र जोडेको छ । नेपाल पुलिस क्लब अंकविहीन छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ०६:२४