News Griha :: न्यूजगृह
खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं— ११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको ११औं संस्करणमा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी जम्म १७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीको सहभागी हुने आयोजकले जनाएको छ ।

२७ गतेदेखि ३१ गते सम्म हुने प्रतियोगितामा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जसअन्तर्गत १० वटा उपसमिति रहेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु परिचालन गरिने आयोजकले जनाएको छ । प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताको यो ११औं सस्करणमा पहिलोपटक भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:०७
Weather Update