News Griha :: न्यूजगृह
नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल आज

काठमाडौं— अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सोमबार म्यान्मारसँग खेल्ने भएको छ ।

आगामी सन् २०२६ मा हुने विश्वकप अन्तरगत पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय दिउँसो सवा ४ बजे हुनेछ ।

गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:०३
Weather Update