News Griha :: न्यूजगृह
मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी हार्‍यो

काठमाडौं— अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी ४—१ ले पराजित भएको छ ।

जर्मनीको वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन अरेनामा भएको खेलमा जर्मनी जापानसँग पराजित भएको हो ।

खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए । जर्मनीका लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए ।

इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४–१ को जित दिलाए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:५३
Weather Update