News Griha :: न्यूजगृह
एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं— एसिया कप क्रिकेट अन्तर्गत आइतबार विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् ।

खेल श्रीलङ्काको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ । समूह चरण ए मा परेका यी दुवै टिम बीच वर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।

सुपर फोर अन्तर्रगतका खेलमा भारतले आइतबार पहिलो खेल पाकिस्तानसँग खेल्दै छ भने पाकिस्तानले पहिलो खेलमा बङ्गलादेशलाई हराइसकेको छ ।

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलङ्कासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो ।

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलङ्काले २–२ अङ्क बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:२९
Weather Update