News Griha :: न्यूजगृह
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा राेकियाे

काठमाडौं— मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डलीअन्तर्गत म्यानमारमा भएको खेलमा पेनाल्टीमा चुक्दा नेपाल बराबरीमै रोकिएको हो ।

खेलको ५८औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भएपछि नेपालले पेनाल्टीको मौका पाएको थियो ।

फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।

नेपाल फिफ वरीयतामा १७५औं स्थानमा छ भने म्यानमार १६०औं स्थानमा । नेपालले दोस्रो खेल सोमबार खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:२१
Weather Update