News Griha :: न्यूजगृह
एसिया कपमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित

काठमाडौं— एसिया कप क्रिकेटको सुपर ४ को खेलमा बंगलादेशमाथि पाकिस्तानको सानदार जित भएको छ ।पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो । जितका लागि १९४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । उनले  ५ चौका र ४ छक्का प्रहार गरे ।  मोहम्मद रिजवान ७९ बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा नट आउट रहे । ओपनर फखार जमाम २०, बाबर आजम १७ रनमा आउट भए भने र अघा सलमान १२ रनमा नटआउट रहे ।

बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले समान १–१ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन । यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जिजेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमै सबै विकेट गुमाएर १९३ रन मात्र बनाएको थियो ।

बंगलादेशका मुशाफिर रहिम र कप्तान शकिब अल हसनले अर्धशतकीय पारी खेलेका थिए । रहिमले सर्वाीधक ६४ तथा हसनले ५३ रन बनाए । पाकिस्तानका हरिस रैफले सर्वाधिक ४ तथा नसिम शाहले ३ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:१६
Weather Update