News Griha :: न्यूजगृह
ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट ११ लाख संकलन 

ताप्लेजुङ— ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम संकलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्क बापतको टिकटबाट सो रकम संकलन भएको हो ।

सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलबाट छ लाख ५५ हजार आठ सय संकलन भएको हो ।

सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क दुई सय र क्वाटरफाइनलका लागि एक सय टिकटदर निर्धारण गरिएको थियो । यस्तै बुधबार हुने फाइनल खेलका लागि पनि दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:३९
Weather Update