News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर जाने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार दिउँसो ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर गई पूजा एवम् दर्शन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी बुधबार दिउँसो ३ बजे कृष्ण मन्दिरमा पुग्ने कार्यक्रम छ ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटनको कृष्ण मन्दिरमा पूजा एवम् दर्शन गर्ने परम्परा छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:२३
Weather Update