एसिया कप : अफगानिस्तानलाई हराएर श्रीलंका सुपर ४ मा पुग्यो

काठमाडौं— श्रीलंका एसिया कपको अन्तिम खेलमा २ रनले जित हात पार्दै सुपर ४ मा प्रवेश गरेको छ ।
लाहोरको गद्दाफी रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो ।
जवाफमा अफगानिस्तानको टोली ३७.४ ओभरमा २८९ रनमा अलआउट भयो । श्रीलंकाले आफ्नो प्रतिद्वन्द्वीलाई लगातार १२ औं पटक अलआउट गरेको छ । जुन विश्व कीर्तिमान हो ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० ०६:५५