News Griha :: न्यूजगृह
नायिका गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’

काठमाडौं— नायिका गौरी मल्लको ‘धिन ताका नाका धिन’ तीज गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रमका बीच नायिका मल्लकै स्वर, शब्द र संगीतमा सो तीज गीत सार्वजनिक गरिएको हो ।

नायिका मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकारको अभिनय रहेको  गीतको म्युजिक भिडिओ पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडिओ नायिका मल्लकै ‘गौरी मल्ल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सो म्युजिक भिडिओको निर्देशन भने सन्तोष राजबहाकले गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका चलचित्र क्षेत्रका चर्चित कलाकार उपस्थित थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:२४
Weather Update