ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरण अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्।
लिग अन्तर्गत एक खेल च्यासल मैदान र अर्को खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् ।
च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै एन्फा मैदानमा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १०:१०