News Griha :: न्यूजगृह
नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौं— नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा सोमबार राति सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बनेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।

भारतले १७ बल बाँकी हुँदै नेपालले दिएको लक्ष्य भेट्टायो । भारतका लागि रोहित शर्माले ७४ र शुभमन ​गिलले ६७ रनको योगदान दिए ।

वर्षाका कारण ५० ओभरको खेल २३ ओभरमा झारिएसँगै भारतले १४५ रनको नयाँ टार्गेट पाएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो ।

त्यसपछि  डकवर्थ एन्ड लुइस नियमका आधारमा १० विकेटले हराएको हो । यसअघि नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०५:४९
Weather Update