नेपाल र भारतबीचको खेल २३ ओभरमा सकिने

काठमाडौं— एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल २३ ओभरमा झारिएको छ ।
वर्षाका कारण दुईपटक रोकिएको खेल डीएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानको पिचको निरीक्षणपछि अम्पायरहरूले भारतलाई २३ ओभरमा १४५ रनको संशोधित लक्ष्य दिएका थिए । जसमा ५ ओभरको पावरप्ले समावेश छ ।
भारतले २.१ ओभरमा १७ रन बनाएको थियो । कप्तान रोहित शर्मा र शुभमन गिल अपराजित छन् ।
यसअघि नेपालले भारतलाई दिएको २३१ रनको लक्ष्य ४८.२ ओभरमा २३० रनमा अलआउट भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० २२:३५