नेपाल भारतबीचको खेल साढे १० बजेसम्ममा सुरु नभए रद्द

काठमाडौं— एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले वर्षा रोकिएको छ । कर्मचारीहरू श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदान तयार गर्नमा व्यस्त छन् ।
अम्पायरहरूले मैदानको निरीक्षण गरेका छन् । खेलको कटअफ समय १०:२० सम्मलाई तोकिएको छ । यदि यो समयसम्म खेल सुरु भएन भने रद्द हुनेछ ।
दोस्रोपटक पानी पर्दासम्म भारतले २.१ ओभरमा १७ रन बनाएको थियो । कप्तान रोहित शर्मा र शुभमन गिल अपराजित छन् ।
नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० २२:१३