News Griha :: न्यूजगृह
नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।

नेपालले दिएको २३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भएको खेलमा भारतले २.१ ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा ७ बलमा एक चौकासहित ४ रनमा क्रिजमा रहेका छन् ।

यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:४४
Weather Update